नेपाल टी-२० लिगमा ‘स्पट फिक्सिङ’भएको दाबी (भिडियो सहित)

 पुष १, २०७

काठमाडौँ- नेपाल टी-ट्वान्टी क्रिकेट लिगमा फिक्सिङ अर्थात् मिलेमतो भएको दाबी गर्दै कमेन्टेटर सचिन तिमल्सिनाले कमेन्ट्री छाडेका छन् ।

सचिनले फेसबुकमा एक भिडियो सार्वजनिक गर्दै लिगको खेलका क्रममा फिक्सिङ भइरहेको दाबी गर्दै लिगमा मंगलबारदेखि आफ्नो कुनै संलग्नता नरहने बताए ।उनले लिगका क्रममा फिक्सिङ तथा खेलाडीलाई पारिश्रमिक नदिएरै आयोजक गायब भएको जनाएका छन् ।

Public Patra Insert into Post

दोस्रो चरणको खेल चलिरहँदा उनले लिग फिक्सरको हातमा गएको दाबी गरेका छन्।

‘कतिपय घटना गर्दा यो लिग विवादित मात्र होइन, क्रिकेटलाई गलत तरिकाले प्रयोग गरेर फिक्सिङ गराउने क्रियाकलाप मैले देखेँ,’ उनले सामाजिक सञ्जालमा भिडिओ पोस्ट गर्दै भनेका छन्, ‘आजकाल म्याच फिक्सिङ हुँदैन स्पट फिक्सिङ हुन्छ। नतिजामा असर गर्दैन। तर खेलको दौरानमा केही त्यस्तो काम हुनेछ, जुन तपाईंलाई पहिले नै गर्न भनिएको हुन्छ।’

फिक्सिङका लागि कतिपय खेलाडी प्रयोग गरिएको समेत उनको दाबी छ।‘केही टिममा खासै नाम नचलेका विदेशी खेलाडीलाई कप्तानी गराएको देखेँ। त्यो नै सुरूमा अचम्म लाग्दो कुरा थियो,’ उनको भनाइ छ हेर्नुस भिडियो

https://youtu.be/PL9Q-hKsQac

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2