सेतीदेवि मावि गहतेको ४४ औं वार्षिक उत्सव तथा ३२ औं अविभावक सम्मेलन सम्पन्न

 पुष २०, २०७

बलेफी।बलेफी गाउँपालिका–४  स्थित श्री सेतीदेवि माविको ४४ औं वार्षिक उत्सव तथा ३२ औं अविभावक सम्मेलन भव्य रूपमा सम्पन्न भएका छन् ।मंगलबार भव्य समारोहकाबिच विद्यालयले वार्षिकोत्सब कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा प्रमुख अतिथिको रूपमा उपस्थित सिन्धुपाल्चोक क्षेत्र नं. १ का सांसद माधव सापकोटा सुबोधले ३२ औं अविभावक सम्मेलनको उद्घाटन गर्दै जिल्लाको शैक्षिक स्तर सुधार्न र व्यवसायिक शिक्षालाई अगाडि बढाउन आफ्नो तर्फवाट विशेष योजना ल्याउने बताएका छन् । गुणस्तरीय शिक्षाकालागी एउटा पक्ष मात्र नभई सबैपक्ष लाग्नुपर्ने उनको जोड थियो ।

Public Patra Insert into Post

बलेफी गाउँ पालिका अध्यक्ष गङ्ग बहादुर तामाङले विद्यालयको हरेक समस्या समाधान गर्न पालिका लाग्ने बताए ।

कार्यक्रममा बागमती प्रदेशकी प्रदेश सदस्य अमृता नेपाल, माओवादी केन्द्रका बागमती प्रदेश सदस्य प्रतापसिं तामाङ, बलेफी गाउँपालिकाका अध्यक्ष गंगाबहादुर तामाङ, उपाध्यक्ष सरु लामा, वडा अध्यक्षहरु सुर्जे तमाङ, रमेश श्रेष्ठ, तेजवहादुर पराजुली, पूर्व वडा अध्यक्ष कालिप्रसाद लामा, हरिशिद्वी क्याम्पसका प्रमुख माल्सिङ तामाङ, शिक्षकहरु यदुनाथ नेपाल, रेशम तामाङ, अभिभावक हरिवहादुर तामाङ लगाएत को उपस्ठिति रहेको थियो। May be an image of 3 people and people standing

सभामा प्रधानाध्यापक कृष्णप्रसाद पराजुलीले विद्यालयको वार्षिक प्रगति प्रतिवेदन पेश गरेका थिए भने लेखा प्रमुख रेखबहादुर तामाङले आर्थिक प्रतिवेदन पेश गरेका थिए भने विद्यालयकालागी जग्गा दान गर्ने जग्गादाता हरुलाई सम्मान गरिएको थियो।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2