बीपीडब्ल्यू लघुवित्त र सगरमाथा जलविद्युत कम्पनीले पाए आईपीओ जारी गर्ने अनुमति

 पुष २०, २०७

दुई कम्पनीले आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएका छन् । आईपीओ निष्कासन गर्न अनुमति पाउनेमा बीपीडब्ल्यू लघुवित्त र सगरमाथा जलविद्युत कम्पनीरहेका छन् ।

बोर्डले मंगलबार नै यी दुई कम्पनीहरूलाई सेयर निष्काशनका लागि स्वीकृति दिएको हो।

Public Patra Insert into Post

यी कम्पनीहरूले ५५ करोड ८५ लाख रुपैयाँ मूल्य बराबरका ५५ लाख ८५ हजार कित्ता सेयर निष्काशन गर्न पाउने छन् । बीपीडब्ल्यू लघुवित्तले ३२.३३ प्रतिशत आइपीओ जारीको स्वीकृति पाएको छ। कम्पनीले ९७ लाख रुपैयाँ बराबरको ९७ हजार कित्ता आइपिओ जारी गर्ने भएको हो । यो आईपीओमा बिक्री प्रबन्धकमा मेगा क्यापिटलले गर्नेछ।

यसैगरी, सगरमाथा जलविद्युतले ४९ प्रतिशत आइपीओ जारीको स्वीकृति पाएको छ। कम्पनीले ५४ करोड ८८ लाख रुपैयाँबराबरको ५४ लाख ८८ हजार आइपिओ जारी गर्ने भएको हो। यो आईपीओमा बिक्री प्रबन्धकमा प्रभु क्यापिटलले गर्नेछ ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2