अर्घाखाँचीमा बसले किच्दा ७६ वर्षीया वृद्धाको मृत्यु

 पुष २०, २०७

अर्घाखाँचीको शितगंगा नगरपालिका १४ हडाहामा बसले किचेर एक वद्धाको मृत्यु भएको छ । कपिलवस्तुबाट अर्घाखाँची गएको बा १ ख ८७५८ नम्बरको बसबाट ओर्लने क्रममा स्थानीय ७६ वर्षीया ईन्द्रकला भट्टराई लडेकी थिइन् । लडेकी भट्टराईलाई सोही बसको पछाडीको चक्काले किचेको थियो ।

कपिलवस्तुको पिपरा स्थित सामुदयिक अस्पतालमा उपचारको क्रममा मंगलबार राति उनको मृत्यु भएको हो । दुर्घटनामा संलग्न बस सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Public Patra Insert into Post
Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2