बलेफी-४ मा कृषि तथा पशुपंक्षी फर्ममा आगालागी हुँदा ३ वर्षिय बालकको मृत्यु,लाखौंको क्षति

 पुष २१, २०७

बलेफी।बलेफी गाउँपालिका वडा नं. ४ लप्से स्थित कृषि तथा पशुपंक्षी फर्ममा आगालागी भएको छ ।वडा नं. ४ का वडा अध्यक्ष सुर्जे तामाङ (जागरण) ले संचालन गर्दै आएको लप्से युवा जागरण कृषि तथा पशुपंक्षी फर्ममा आगालागी भएको हो।

बिहिबार बिहान करिब ८ बजे भएको आगालागी हुदा ३ वर्षिय बालकको मृत्यु भएको  छ ।त्यस फर्म मा काम गर्ने २५ वर्षिय निर्जला कार्की का ३ वर्षिय छोरा निर्जल कार्की को मृत्यु भएको हो । बालक को घटना स्थलमै मृत्यु भएको DSP बुढाथोकी ले बताए ।

Public Patra Insert into Post

दर्जनौं बाख्रा र बंगुर पाल्दै आएको फर्ममा दाना स्टोर हाउसमा भएको आगलागिमा अन्दाजी ७ लाख बराबर को क्षति भएको बताएका छन् ।प्रहरी र स्थानीय वासि को सहयोगमा आगलागी नियन्त्रणमा लिएको थियो । आगलागी कसरी भएको भन्ने बारे अनुसन्धान गरिरहेको प्रहरीले बताएका छन् ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2