मेलम्ची-३ हैबुङमा गरियो स्वास्थ्य चौकिको शिलान्यास

 पुष २१, २०७

मेलम्ची नगरपालिका वडा नम्बर ३ हैबुङमा हैबुङ स्वास्थ्य चौकिको आज शिलान्यास गरिएको छ । नगर प्रमुख आइतमान तामाङ र उप प्रमुख उमा प्रधानले संयुक्त रुपमा सो अस्पतालको शिलान्यास गर्नुभएको हो ।

होम निर्माण /इफ्फाता जे भि ले निर्माणको ठेक्का पाएको अस्पताल ५ सैयाको हुनेछ । कुल ८ करोड ५० लाख लागतमा निर्माण हुने अस्पताल १८ महिना भित्र सम्पन्न गर्नुपर्ने ठेकेदार कुमार गुभाजुले जानकारी दिनुभयो । अस्पतालको शिलान्यास गर्दै मेलम्ची नगरप्रमुख तामाङ्ले समयमै निर्माण कार्य सम्पन्न गर्न ठेकेदार कम्पनीलाइ आग्रह गर्नुभयो ।

Public Patra Insert into Post

उहाँले ठेक्का पाएको लामो समय सम्म पनि निर्माण सम्पन्न नगर्ने ठेकेदार कम्पनीलाइ नगरले कारबाहीको दायरा ल्याएको बताउदै समयमै काम सप्पन्न गर्न आग्रह गर्नुभयो । शिलान्यास गर्दै नगर उपप्रमुख उमा प्रधान ,वडा अध्यक्ष कुमार बन्जरा,पुर्व वडा अध्यक्ष बशन्त गुरुङ लगायतले अस्पताल निर्माण भएपछि यस क्षेत्रको स्वास्थ्य सेवामा सहज हुने बताउनुभयो ।

सुविधा सम्पन्न अस्पताल निर्माण संगै सामान्य बिरामी पर्दा समेत अन्यत्र जानुपर्ने समस्याको अब छिट्टै अन्त्य हुने बताउनुभयो । ठेकेदार गुभाजुले समयमै काम सम्पन्न गर्ने प्रतिबद्धता जनाउनुभयो । शहरि विकास तथा भवन निर्माण विभाग अन्तर्गत सघन शहरि तथा भवन निर्माण आयोजनाको निर्माण हुने अस्पताल लाई नगर अस्पतालको रुपमा विकास गर्ने लक्ष्य लिएको पुर्व अध्यक्ष गुरुङले जानकारी दिनुभयो ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2