पाल्पामा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु

 पुष २२, २०७

पाल्पाको रैनादेवी छहरा गाउँपालिका-८, खुर्सानेमा बुधबार राति भएको यात्रुवाहक बस दुर्घटनामा ६ जनाको ज्यान गएको छ।रूपन्देहीको सालझण्डीबाट यात्रु लिएर पाल्पाको रैनादेवी छहराको खुर्साने गइरहेको उक्त बस गन्तव्य पुग्नै लाग्दा बुढीदमार भन्ने स्थानमा दुर्घटना भएको हो।

बस सडकबाट ५० मिटर तल भिरमा खसेको र रातको समय जंगल क्षेत्रमा दुर्घटना भएकाले समयमा उद्धार हुन नसकेको त्यहाँका वडाध्यक्ष रेमबहादुर रानाले जानकारी दिए।

Public Patra Insert into Post

अहिलेसम्म ६ जनाको ज्यान गएको छ। मृतकहरू सबै खुर्सानेकै हुन्,’ उनले भने, ‘घाइतेहरूलाई उपचारका लागि बुटवल पठाइएको छ। गाडीमा अझै ६ जना च्यापिएको अवस्थामा छन्। हामी उनीहरूलाई उद्धार गर्न खोजिरहेका छौं।’

मृतक र घाइतेहरू खुर्सानेकै भए पनि परिचय भने खुल्न नसकेको उनले बताए।ग १ ख ४९७७ नम्बरको बस दुर्घटनामा परि १५ जना घाइतेको उद्धार गरी लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको छ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2