शुभकामना बचत तथा ऋण सहकारी संस्था लिमिटेड १४औं बार्षिक साधारण सभा सम्पन्न

 पुष २२, २०७

मेलम्ची-शुभकामना बचत तथा ऋण सहकारी संस्था लिमिटेड मेलम्ची ११को १४औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि मेलम्ची नगरपालिकाका उपप्रमुख उमा प्रधानले सहकारीले समाजको विकासमा टेवा पुग्ने बताउनुभयो ।

उहाँले साना तथा ठुला ब्यबशायी हरुको ब्यबशाय उत्थानको लागि सहकारीकोे भूमिका महत्वपुर्ण हुने भएकाले सहकारीको मर्म र भावना अनुसार आगामि दिनका अगाडि बढ्न सुझाउनुभयो । उपप्रमुख प्रधानले कतिपय सहकारीहरुमा ठुला ब्यबशायीले मात्र ऋण लगानी गरिरहेको र साना ब्यबशायी भने कतिपय सेवा बाट बञ्चित रहेको गुनासो आउने हुनाले शुभकामनाले त्यस्ता खाले गतिविधि नगर्ने विश्वास ब्यक्त गर्नुभयो ।

Public Patra Insert into Post

कार्यक्रममा सहकारीका अध्यक्ष कृष्ण दुलालले बार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो  भने लेखा समिति संयोजक प्रतिमा धितालले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सहकारीले अहिले १२ प्रकारको बचत खाता सञ्चालनमा ल्याएको छ भने ८ प्रकारको ऋण सेवा प्रदान गर्दै आएको छ । कार्यक्रममा वडा नम्बर ११का वडा अध्यक्ष चन्द्र बहादुर तामाङ, नगरपालिकाका सहकारी विभाग प्रमुख सोम थोकर,पूर्व वडा अध्यक्ष रुद्र प्रसाद दुलाल लगायतले आफ्नो भनाइ राख्नुभएको थियो ।

कुल ३४ सय शेयर सदस्य रहेको सहकारीको १ करोड ४६ लाख शेयर पुजीँ ,बचत तथा निक्षेपमा ६ करोड ६६ लाख गरि जम्मा ११ करोड ५७ लाख ७९ हजार रुपैयाँ पुँजि रहेको सहकारीका कोषाध्यक्ष ऋषिराम लामिछानेले जानकारी दिनुभयो ।

सहकारीले विभिन्न शिर्षकका बचत कर्ता, असल ऋणी गरि ९ भन्दा बढि सदस्यहरुलाई सम्मान समेत गरेको छ । कार्यक्रमको स्वागत मन्तब्य सहकारीका निर्वतमान
अध्यक्ष रामकृष्ण चालिसेले राख्नुभएको थियो भने सचिव जितेन्द्र श्रेष्ठले सञ्चालन गर्नुभएको थियो ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2