तपचुली सामुदायिक कृषि सहकारी संस्थाको एघारौं वार्षिक साधारणसभा सम्पन्न

 पुष २२, २०७

तपचुली सामुदायिक कृषि सहकारी संस्था लिमिटेड मेलम्ची १ भोटेचौरको एघारौं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

मेलम्ची नगरपालिकाकी उपप्रमुख उमा प्रधानको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा उपप्रमुख प्रधानले नगरभित्र रहेका हरेक सहकारीलाई एकरुपता दिनका लागि आफुले पहल गर्ने बताउनुभयो । उहाँले ऋणका आसमा मात्र नभएर ब्यबशायीक भएर धनी बन्नका लागि सहकारीमा लाग्न आग्रह गर्नुभयो ।

Public Patra Insert into Post

उहाँले कोरोना लगायत विभिन्न विपद्बाट सुस्त भएको सहकारीहरु फेरी सक्रिय हुन थालेकोमा खुशिब्यक्त गर्नुभयो ।
उहाँले नगरपालिका बाट सहकारीसँग सम्बन्धी कार्यक्रम बनाउँदा सहकारि शिक्षा सम्बन्धि बनाउने प्रतिबद्धता जनाउनुभयो । कार्यक्रमको अवसरमा २०७८ साल मा वडा नम्बर एक र दुइ बाट एस इ इ मा उत्कृष्ट अंक ल्याउने छात्र र छात्रा प्रतिक चौलागाईं ३.६५ र सलिना चौलागाईं ३.५५ प्रतिशत जिपिए ल्याउने २ जनालाई नगद १ हजार १ सयले सम्मान गरिएको थियो ।

नियमित व्यावसायी गरि उत्कृष्ट कृषक  महिला र पुरुष गरि नेत्र बहादुर पौडेल र बिमला बस्ताकोटि लाई पनि १ हजार १ सयले सम्मान गरेको सहकारीका अध्यक्ष विष्णु ढुंगानाले जानकारी दिनुभयो । कार्यक्रममा  विषेश अतिथि वडा नम्बर १ का अध्यक्ष कृष्णमुरारि चौलागाईंले उहाँले सहकारि राम्रो हुनलाइ सहकारि सँग सम्बन्धित न्युनतम आधारा हरु परिक्षण गर्न जरुरि रहेको बताउनुभयो ।

उहाँले सबै सहकारि राम्रो हुन पुँजि १० देखि २० हुनु पर्ने  र बचत तथा ऋण को लेभल मिल्नु पर्नेमा जोड दिनुभयो । गएको बर्ष भन्दा यस बर्ष नाफा डबल भएकाले संस्थालाइ धन्यवाद समेत ब्यक्त गर्नुभयो । उहाँले  जनप्रतिनिधि भएकाले लेखा समितिको संयोजक बाट राजिनामा समेत गर्नुभयो । कार्यक्रममा जिल्ला कृषि सहकारि संस्थाका अध्यक्ष मित्रलाल चौलागाईंले ग्रामिण भेगमा रहेका किशान हरुलाइ माथि उठाउनको सहकारीको भूमिका उल्लेख्य हुने बताउनुभयो ।

उहाँले किसान हरुलाइ धनि बनाउनको लागि सहकारी स्थापना भएको बताउँदै सहकारि बाट ऋण लगेर गाइ भैँसि पाल्न सुझाउनुभयो । उहाँले सहकारि संस्था भनेकै गरिब जनताको र गरिव किशानको भएको दावि गर्नुभयो । वडाले व्यावसायिक कृषी कार्यक्रम मार्फत बितरण मुखि हैन हामि प्रस्ताव आह्वान मार्फत विभिन्न प्रोजेक्ट मार्फत काम गर्छौँ । र सहकारि र वादा विच समन्वय को भुमिका आवश्यक रहेको पनि बताउनुभयो  ।कार्यक्रममा बिवेक चौलागाईं, स्मृति गौतम लगायतले सांस्कृतिक प्रस्तुती प्रस्तुत गर्नुभएको थियो ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2