पाँचपोखरी थाङ्पाल-६कसेरी टोल खानेपानी आयोजनाको उद्घाटनका साथै हस्तान्तरण

 पुष २२, २०७

ग्रामीण समाज कल्याण संघ (आर्सो नेपाल ) र टिजिएच नेपालको सहयोग तथा पाँचपोखरी थाङपाल गाउँपालिकाको समन्वय र स्थानिय समुदायको सहभागितामा पाँचपोखरी थाङ्पाल गाउँपालिका वडा न ६ मा अवस्थित कसेरी टोल खानेपानी आयोजनाको आज उद्घाटन गरिएको छ ।

पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टासी लामाले आज सो परियोजनाको उद्घाटन गर्नुभएको हो ।
एक घर एक धारा कार्यक्रम अनुसार कसेरी तथा गोले टोल बासी २० घर धुरी  १ सार्बजनिक धारा निमार्ण सम्पन्न भइ आज समुदायलाई हस्तान्तरण गरिएको आर्सो नेपालका परियोजना संयोजक हर्क तामाङले जानकारी दिनुभयो ।

Public Patra Insert into Post

प्रबिधी सहितको सुरक्षित र स्वच्छ खानेपानी सुबिधा प्राप्त भएपछि स्थानिय बासीले खुशी ब्यक्त गरेका छन् । आफ्नै घरआँगनमा धारो निमार्ण भएपनि समयको बचत हुनुका साथै पानि लिन जानका लागि अन्त जानपर्ने समस्याको अन्त्य भएको स्थानिय रामहरी न्यौपानेले बताउनुभयो । हस्तान्तरण गर्दै गाउँपालिकाका अध्यक्ष टासी लामाले आयोजनाको दिगो ब्यबस्थापन गर्न सुझाउँदै स्थानियमा बधाई तथा शुभकामना ब्यक्त गर्नुभयो ।

उहाँले आर्सो नेपाललाई धन्यवाद ब्यक्त गर्दै धाराको संरक्षण गर्न आग्रह गर्नुभयो । कार्यक्रममा उपाध्यक्ष सुनिता अधिकारी,परियोजना संयोजक हर्क तामाङ, जनप्रतिनिधि, स्थानिय लगायतको उपस्थिति रहेको गाउँपालिकाका प्रवक्ता एवम् वडा नम्बर ६का वडा अध्यक्ष नारायण भट्टराईले जानकारी दिनुभयो ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2