देउवा निवासबाट विश्वप्रकाश शर्माले भने कांग्रेसले कसैलाई प्रधानमन्त्रीको प्रस्ताव गरेको छैन

 पुष २२, २०७

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीले कसैलाई पनि प्रधानमन्त्रीको प्रस्ताव नगरेको बताएका छन्।

शुक्रबार देउवा निवास धुम्बाराहीमा कांग्रेस बैठकपछि पत्रकारसँग कुराकानी गर्दै उनले भने, ‘अहिले बाहिर चर्चा छ। नेपाली कांग्रेस पार्टीले कसैलाई, कुनै दलको सभापतिलाई प्रधानमन्त्रीको प्रस्ताव गरेको छ रे भन्ने चर्चा छ। नेपाली कांग्रेस पार्टी तत्काल नजाने गाउँको बाटो सोध्दैन। सोधिरहेको छैन। अहिले हामी आन्तरिक जीवनको विवर्शको क्रममा छौं।’

Public Patra Insert into Post

‘यी सब हल्ला मात्र हुन्। कांग्रेस पार्टी यी कुरामा बिल्कुल संलग्न छैन,’ उनले भने, ‘संस्थाबाट कहीँ पनि त्यस किसिमका कुरा भएका छैनन्।’उनले प्रधानमन्त्रीको प्रस्ताव हल्ला भएको भन्दै भ्रममा नपर्न आग्रह गरे।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2