सुपरिचित साना किसान सहकारीको छैठौँ वार्षिक साधारण सभा सम्पन्न

 पुष २३, २०७

सुपरिचित साना किसान सहकारी संस्था लिमिटेडको छैठौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि पाँचपोखरी थाङपाल गाउँपालिका अध्यक्ष टासी लामाले सहकारीको नवनिर्मित भवन उद्घाटन समारोह लाई रिवन काटेर उद्घाटन गर्नुभयो । अध्यक्ष लामाले गाउँपालिकाको सामाजिक सुरक्षा भत्ताको स्रोतको बिषयमा जानकारी गराउदै गाउँपालिकाले सु परिचीत साना किसान सहकारी सस्थालाई माया गरिएको र भवन निर्माणमा १५ लाख समेत दिएर भवन सप्पन्न गरिएको बताउनुभयो । ऋिण लगानी गर्ने तर १ पैसा पनि ब्याज नलिने भन्दै युवा स्वरोजगारको लागि चक्रिय पुजीँ दिएको उल्लेख गर्दै १५ जना युवा दूध डेरीमा प्रति फ्याट २ रुपैयाँ सहयोग गरिरहेको कुरा जानकारी गराउनु भयो ।

सहकारीले लिने लक्ष्य सबैभन्दा महत्वपूर्ण हुने र सुपरिचित सहकारीले यस भेगकै साना किसान मध्ये सबै भन्दा धेरै पुँजी बनाएर अगाडी भएर देखाउन समेत सुझाव दिनुभयो । गाउँपालिकाले सबैको लागि हुने काम गरिरहेको र बजारीकरणको समस्या किसान बाट नआएको हुँदा त्यो कुरामा कृषि एम्बुलेन्स जस्ता कुराहरु भए पनि कार्यान्वयन गर्ने बताउनु भयो ।

Public Patra Insert into Post

कार्यक्रममा सहकारीका अध्यक्ष गिता धिताल वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने आर्थिक प्रतिवेदन प्रवन्धक रेशम खड्काले प्रस्तुत गर्नुभयो । सहकारीले अहिले ७ प्रकारको बचत खाता सञ्चालनमा ल्याएको छ भने ५ प्रकारको ऋण सेवा प्रदान गर्दै आएको छ । कार्यक्रममा वडा अध्यक्ष बिष्णु बहादुर खड्काले साना किसान सहकारी सस्थाको जिल्ला सदस्य बिजय पौडेल, थाङ्पालधाप साना किसान कृषि सहकारी सस्थाको अध्यक्ष बाबुराम पौडेल , वडा सदस्य अनिल गुरुङ लगायतले आफ्नो भनाइ राखेका थिए ।

कुल ४६० सय शेयर सदस्य रहेको सहकारीको १४ लाख १०० रुपैया शेयर पुँजी, जगेडा कोष तर्फ ४ लाख ७६ हजार , बचत तथा निक्षेपमा ४५ लाख २१ हजार, बाह्य ऋिण ४९ लाख २५ हजार, पुगिगत अनुदान ३६ लाख ६ सय रहेको प्रतिवेदनमा उल्लेख छ । भुक्तानी दिन बाकी २ लाख ८४ हजार ,अन्य दायित्व ४ लाख १४ हजार गरी जम्मा १ करोड ४६ लाख २२ हजार रुपैयाँ पुँजी रहेको सहकारीका प्रवन्धक रेशम खडकाले जानकारी दिए । सहकारीले भवन निर्माण कार्यमा सहयोग पुर्याउनु हुने ब्यक्ति, याङगरि लार्के स्थानीय सरोकार समितिको बजेट ब्यवस्थापन गर्न सहयोग गर्ने ब्यक्ति तथा सस्था, वडा कार्यालय, भवन बनाउन बजेट ब्यवस्थापन गर्ने गाउँपालिकालाई सम्मान पत्र बितरण गरेको थियो । कार्यक्रममा स्वागत मन्तव्य सहकारीका संस्थाक लेखा समिति संयोगक लक्ष्मि चालिसेले राख्नुभएको थियो । कार्यक्रम संचालन ज्ञानु खनालले गर्नुभएको थियो ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2