महाकाली नदी तर्ने क्रममा तुइनबाट खसेर बालक बेपत्ता

 पुष २४, २०७

धनगढी । दार्चुलामा महाकाली नदी तर्ने क्रममा ब्यास गाउँपालिका-४ को डोकटका १० वर्षीय बालक दिपेन्द्र बिष्ट तुइनबाट खसेर  बेपत्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जगत मगरले बालक बिहीबार बिहान तुइनबाट तर्ने क्रममा बेपत्ता भए पनि शनिबार मात्र खबर प्राप्त भएको जानकारी दिए ।

Public Patra Insert into Post

खबर प्राप्त भएपछि स्थानीय प्रहरी टोली बालकको खोजीमा खटिएको बताउँदै प्रहरी निरीक्षक मगरले आवश्यक परेमा जिल्लाबाट समेत थप प्रहरी पठाइने बताए ।बालक ब्रह्मस्थान आधारभूत विद्यालयमा कक्षा ४ मा अध्ययनरत थिए ।

बिहीबार बिहान बालककी आमा तुइनमार्फत खर काट्न भारतीय जंगलमा पुगेकी थिइन् । बालक पनि उनीसँगै गएका थिए । सोही क्रममा बालक तुइनबाट खसेर बेपत्ता भएका थिए ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2