सत्ता र शक्तिका लागि सबै कुरा जायज ठान्ने प्रवृत्ति गलत हो-प्रदीप पौडेल

 पुष २४, २०७

नेपाली कांग्रेसका नेता एवं सांसद प्रदीप पौडेलले सत्ता र शक्ति प्राथमिकताको विषय ठान्ने प्रवृत्ति गलत भएको बताएका छन्।

‘सत्ता र शक्तिका लागि सबै कुरा जायज ठान्ने प्रवृत्ति गलत हो,’ ट्वीट गर्दै उनले भनेका छन्, ‘विचार र सिद्धान्तमा अधिकतम दूरी रहँदारहँदै गठजोड गरेर सत्ता प्राप्ति हाम्रो प्राथमिकता होइन।’

Public Patra Insert into Post

उनले विचार र सिद्धान्तमा दूरी भएकाहरूसँग गठजोड गरेर सत्ता प्राप्ति प्राथमिकतामा राख्न नहुने बताए।‘आफ्नै बलमा उभिएर रचनात्मक प्रतिपक्षको भूमिका नै हाम्रो उचित बाटो हो,’ उनले भने। पछिल्लो समय कांग्रेसले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई प्रधानमन्त्री प्रस्ताव गरेको चर्चा भएको थियो।

तर कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले यस्तो प्रस्ताव कांग्रेसले कसैलाई नराखेको अभिव्यक्ति दिइसकेका छन्।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2