नेपाल टी२० लिगमा लुम्बिनी अल स्टार फाइनलमा प्रवेश

 पुष २४, २०७

राजधानीमा जारी पहिलो संस्करणको नेपाल टी२० लिगमा लुम्बिनी अल स्टार फाइनलमा प्रवेश गरेको छ ।

त्रिबि क्रिकेट मैदानमा आइतबार भएको पहिलो क्वालिफायरमा जनकपुर रोयल्सलाई ६ रनले हराउँदै लुम्बिनी फाइनलमा पुगेको हो  ।

Public Patra Insert into Post

लुम्बिनीले दिएको १४४ रनको लक्ष्य पछ्याएको जनकपुरले २० ओभरमा ७ विकेट गुमाएर १३७ रन बनायो ।

जनकपुरका लागि शमिउल्लाह शिनवारीले ४५ रन बनाउँदा पवन सर्राफ ३० रनमा अविजित रहे ।

लुम्बिनीका लागि विपुल शर्मा,दिपेन्द्र सिंह ऐरी र सागर ढकालले समान २ तथा श्याड्ली भानले १ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको लुम्बिनीले २० ओभरमा ८ विकेट गुमाएर १४३ रन बनायो ।

लुम्बिनीका लागि ईशान पाण्डेले ३८ रन बनाउँदा अनिल शाहले २४ रन बनाए । विपुल शर्मा २० रनमा आउट हुँदा श्याड्ली भान १७ रनमा अविजित रहे ।  लाहिरु मिलान्थाले १६ रन बनाए ।

जनकपुरका लागि जितेन्द्र मुखिया,असन प्रियरन्जन र सोमपाल कामीले समान २ तथा पवन सराफ र ट्राभोन ग्रिफिथले समान १ विकेट लिए ।

जनकपुरले भने अब दोस्रो क्वालिफायरमा इलिमिनेटरको विजेतासँग खेल्नेछ । सोमबार हुने इलिमिनेटरमा काठमाडौं नाईट्स र विराटनगर सुपर किंग्स खेल्नेछन् ।

लिगको विजेताले ५५ लाख पाउने जनाएको छ ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2