सम्पति विवरण बुझाउने पहिलो सांसद

 पुष २४, २०७

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटा (सुवोध)ले आफ्नो सम्पत्ति विवरण संघीय संसद सचिवालयमा बुझाएका छन् ।

संसद सचिवालयका अनुसार गत ४ मंसिरमा सम्पन्न आम निर्वाचनबाट चुनिएर आएका २७५ प्रतिनिधिसभा सदस्यहरुमध्ये सिन्धुपाल्चोकबाट निर्वाचित सापकोटाले सबैभन्दा पहिले सम्पत्ति विवरण बुझाएका हुन् ।सार्वजनिक पद धारण गरेको व्यक्तिले ६० दिन भित्र सम्पत्ति विवरण बुझाउनुपर्ने कानुनी व्यवस्था छ ।

Public Patra Insert into Post

यही व्यवस्था अनुसार आफूले संसद सचिवालयमा सम्पत्ति विवरण बुझाएको सांसद सापकोटाले बताए ।‘पारदर्शिता र सुशासनको विषय उठाएर चुनाव जितेको हुँ । भोलि (सोमबार)बाट अधिवेशन सुरु हुँदैछ । त्यसअगावै सम्पत्ति विवरण बुझाएको छु’ सापकोटाले भने ।

संसद सचिवालयमा बुझाएको विवरण अनुसार उनका बुबा हरिप्रसाद सापकोटाको नाममा सिन्धुपाल्चोकको बलेफीमा १ रोपनी र बुबाकै नाममा सिन्धुपाल्चोककै कुविण्डे र फुल्पिङकट्टीमा ५० रोपनी खेतबारी पैतृक सम्पत्ति छ ।

श्रीमतीको नाममा कागेश्वरी मनहरा नगरपालिकामा ४ आना जग्गा ऋण (बैंक लोन) लिएर खरिद गरेको उल्लेख गरेका छन् । श्रीमतीकै नाममा भक्तपुरमा ५ आना जग्गा व्यवसायका लागि लिएको पनि विवरणमा समावेश छ । दाइजो र खरिद गरेको समेत गरी १० तोला सुन, एभरेष्ट बैंकमा आफ्नै नाममा ३ लाख रुपैयाँ नगद रहेको बताएका उनको नाममा सिन्धुपाल्चोक जलविद्युत कम्पनीको शेयर रहेको उल्लेख छ ।

काठमाडौंको घर निर्माणका लागि तीन जनासँग ९५ लाख ऋण लिएको पनि विवरणमा समावेश छ । सवारीसाधनतर्फ ल्याण्डकुजर जीप र श्रीमतीको स्कुटर, यसका अलावा ल्यापटप, प्रिन्टर लगायतका व्यक्तिगत प्रयोजनका सामाग्रीहरु रहेको विवरणमा उल्लेख छ ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2