सप्तरीमा टिपरमा मोटरसाइकल ठोक्किंदा २ जनाको मृत्यु

 पुष २५, २०७

काठमाडौँ । सप्तरीमा रोकिराखेको टिपरमा दुई वटा मोटरसाइकल ठोक्किंदा दुईजनाको मृत्यु भएको छ । दुईजना घाइते भएका छन् ।

मृत्यु हुनेमा बा ८९ प ३२१५ नम्बरको मोटरसाइकल चालक सप्तरीको खडक नगरपालिका ११ बनौलीका २० वर्षीय बैजु भन्ने बैजनाथ चौधरी र प्रदेश १–०२–०४४ प ८६१९ नम्बरको मोटरसाइकल चालक डाक्नेश्वरी नगरपालिका १० का २२ वर्षीय रामाकान्त चौधरी रहेका छन् ।

Public Patra Insert into Post

दुवै युवकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । आइतबार दिउँसो सप्तरीको खडक नगरपालिका ११ स्थित हुलाकी सडक खण्डमा बिग्रेर रोकिराखेको स १ ख ९२८ नम्बरको टिपरमा बोदेबर्साइनबाट राजबिराज तर्फ जाँदै गरेका दुईवटा मोटरसाइकल ठोक्किएका थिए ।

दुवै मोटरसाइकलमा पछाडि सवार दुई युवक गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । टिपर र चालकलाई नियन्त्रणमा लिइ थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2