प्रधानमन्त्री प्रचण्ड शेरबहादुर देउवालाई भेट्न पुगे धुम्बाराही

 पुष २५, २०७

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न उनको निवास धुम्बाराही पुगेका छन् ।प्रतिनिधिसभामा विश्वासको मत लिने अघिल्लो दिन प्रचण्ड ठूलो दल कांग्रेसका सभापतिलाई भेट्न पुगेका हुन् ।

स्रोतका अनुसार प्रचण्डले देउवासँग आफूलाई विश्वासको मत दिन आग्रह गरेका छन् ।देउवाले सोमबार साँझ नै पार्टीका शीर्ष नेताहरुसँग छलफल गरेका थिए ।

Public Patra Insert into Post

यद्यपि कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिने वा नदिनेबारे निर्णय गरिसकेको छैन । त्यसका लागि मंगलबार विहान संसदीय दलको बैठक बोलाएको छ ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2