पहाडमा आंशिक बदली, तराईमा हुस्सु/कुहिरो

 पुष २६, २०७

हाल सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली र बांकी भू-भागमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले बिहान तराईका केही भू-भागमा बाक्लो हुस्सु र कुहिरो लागेको छ।

आज दिउँसो देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहने छ। आज उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना छ।

Public Patra Insert into Post

महाशाखाले जारी गरेको बुलेटिनअनुसार भोलि बुधबार सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने छ। साथै सुदूरपश्चिम तथा कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना छ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2