श्रमिकले पाएनन् तलब र उपदान

 पुष २६, २०७

काठमाडौ । सुनसरी दुहबी नगरपालिका-३ स्थित नारायण भिजिटेबल र अन्नपूर्ण सोप प्रा.लि.मा कार्यरत १७५ जना श्रमिकले उद्योग बन्द भएसंगै १ वर्षको तलब सुविधा र २०४५ देखिको उपदान नपाएको गुनासा गरेका छन् ।

उद्योगका संचालकहरू बैंकिङ कसुरमा २०६१ मा जेल परेपछि उद्योग बन्द भएको नेपाल कारखाना श्रमिक संघ प्रदेश-१ का अध्यक्ष रमेश थापाले बताउनुभयो । तीन वर्ष जेल बसि निस्केका केही उद्योग संचालक फरार रहेको अध्यक्ष थापाले जानकारी दिनुभयो ।

Public Patra Insert into Post

हाल उद्योगको चल अचल सम्पति नेपाल बैंक लि. र राष्ट्रिय वाणिज्य बैंकको नाममा छ । उद्योगको अवस्था बेवारिसे हुँदै सामानहरु समेत चोरी हुन थालेपछि नेपाल कारखाना श्रमिक संघ र नेपाल ट्रेड युनियन कांग्रेस सुनसरीले श्रम कार्यालय र बैंकलाई निरीक्षण एवं संरक्षण गर्न दबाब दिएसंगै सोमबार श्रम कार्यालय र बैंक अधिकारीले उद्योगको निरीक्षण गरेका थिए ।

उद्योग निरीक्षणका क्रममा प्रदेश -१, श्रम कार्यालय विराटनगरका प्रमुख खगेन्द्र सुवेदी र नेपाल बैंकका म्यानेजर डम्बर कटुवाल समक्ष उद्योगको संरक्षण एवं श्रमिकले पाउनुपर्ने तलब सुविधा र उपदान दिलाउन माग गरेको ट्रेड युनियन कांग्रेस सुनसरीका अध्यक्ष माधव चौधरीले जानकारी दिनुभयो ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2