वामपन्थी नेता घनश्याम भुसाल एकीकृत समाजवादी प्रवेश गर्दै

 पुष २६, २०७

काठमाडौं । वामपन्थी नेता घनश्याम भुसाल एकीकृत समाजवादी प्रवेश गर्ने भएका छन्। एमाले छोडेर प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र निर्वाचन लडेका भुसाल समाजवादीमा आबद्ध हुन लागेका हुन्।

भुसालनिकट एक नेताका अनुसार सबै कुरा मिलिसकेको छ,औपचारिक कार्यक्रम गरेर आबद्ध हुन मात्रै बाँकी छ। पूर्वमन्त्री भुसाल एमालेका पूर्वउपमहासचिवसमेत हुन् ।

Public Patra Insert into Post

एकीकृत समाजवादीमा भुसाललाई महासचिव बनाउनुपर्ने मत बलियो छ।

मंसिर ४ को निर्वाचनमा एमालेले छोडेर भुसाल रूपन्देही १ बाट स्वतन्त्र उम्मेदवार बनेका थिए। उनलाई तत्कालीन सत्ता गठबन्धनले समर्थन गरेको थियो। गठबन्धनका तर्फबाट त्यो क्षेत्र नेकपा माओवादी केन्द्रलाई परेको थियो।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2