मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

 पुष २७, २०७

वीरगञ्ज । बारामा भएको सवारी दुर्घटनामा सडकमा हिँडिरहेकी कोल्हवी नगरपालिका वगेवा टोल बस्ने अन्दाजी ५८ वर्षीया ज्ञान्त्री चौधरीको मृत्यु भएको छ ।

दुर्घटनामा ज्ञान्त्रीलाई ठक्कर दिने मोटरसाइकल चालक स्थानीय २६ वर्षीय कुन्दन चौधरी पनि घाइते छन् ।

Public Patra Insert into Post

मंगलबार साँझ ७ः१० बजे तामागढी सिम्रौनगढ सडक खण्डमा कोल्हवीबाट बगेबातर्फ जाँदै गरेको बा.२९प ७०१८ को मोटरसाइकलले पैदलयात्री ज्ञान्त्री चौधरीलाई ठक्कर दिएको हो ।

उनको टाउको, दाहिने खुट्टा र शरीरकको विभिन्न भागमा चोट लागेको थियो । कोल्हवीमा सामान्य उपचारपछि थप उपचारका लागि ७ः५० बजे एल.एस न्युरो अस्पताल लगिएको थियो ।

ज्ञान्त्रीको एल.एस. न्युरो अस्पताल परवानीपुरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता राजेश थापाले जानकारी दिए ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2