मधेश प्रदेशको मुख्यमन्त्रीमा सरोजकुमार यादव नियुक्त

 पुष २७, २०७

जनकपुर :  मधेस प्रदेशको मुख्यमन्त्रीमा जसपा संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त भएका छन्। प्रदेश प्रमुख हरिशंकर मिश्रले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।

यादवले आजै सत्तारूढ दल नेकपा एमाले, माओवादी केन्द्र, जनमत र २ जना स्वतन्त्र गरी ६३ सांसदको समर्थनमा यादवले मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए। यादवलाई एमालेका २३, जसपाका १६, जनमतका १३ माओवादीका ८ र ३ जना स्वतन्त्र सांसदको समर्थन छ।

Public Patra Insert into Post

प्रदेश प्रमुख मिश्रले मुख्‍यमन्त्रीमा दाबी पेस गर्ने समय भोलिसम्मका लागि तोकेका थिए।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2