जसले विश्वासघात गर्यो उसैलाई विश्वासको मत दिनु लाचारी रआत्मसमर्पण जस्तै हो: काङ्ग्रेस नेता भुपेन्द्रजंग शाही

 पुष २७, २०७

नेपाली काँग्रेसका युवा नेता भुपेन्द्रजंग शाहीले लत्रिएर प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएर काँग्रेसले सत्ताको आगाडि शिर झुकाएको टीप्पणी गरेका छन् ।

सामाजिक सञ्जाल मार्फत नेता शाहीले‘काँग्रेससँग गठबन्धन गरेर चुनाव जित्ने अनि आफैले प्रतिगामीका मतियार भनेका केपि शर्मा ओलीसँग घाटी जोडेर कुर्सीको लागि सबैकुरालाई तिलाञ्जलि दिने प्रचण्डको छेपारो प्रबृतीलाई सजाय दिनुको साटो झन मलजल गर्ने कुरा काँग्रेसी कार्यकर्ताको भाबना बिपरित छ ।

Public Patra Insert into Post

’जसले विश्वासघात गर्यो उसैलाई विश्वासको मत दिनु लाचारी र आत्मसमर्पण जस्तै भएको नेता शाहीको भनाई छ । उनले भनेका छन्, ‘वर्तमानमा काँग्रेसले सरकारतिर फर्किएर र्याल चुहाउने भन्दा पनि गाउँतिर फर्किएर जनताको सुखदुखमा साथ दिनु पर्छ ।’उनले सामाजिक सञ्जालमा यस्तो लेखेका छन,

बारम्बार नेपाली काङ्ग्रेसको विश्वास माथि लात हानेका अस्थिर र अनैतिक राजनीतिका चतुर खेलाडि प्रचण्ड लाइ काङ्ग्रेसले लत्रीएर विश्वासको मत दिनु भनेको काङ्ग्रेस ले सत्ताको आगाडि शिर झुकाउनु र लोकतान्त्रिक मुल्य मान्यताको अबमुल्यन गर्नु हो।
काङ्ग्रेस सङ्ग गठबन्धन गरेर चुनाव जित्ने अनि आफैले प्रतिगामी का मतियार भनेका केपि वलि सङ्ग घाटी जोडेर कुर्चिको लागि सबैकुरालाई तिलाञ्जलि दिने प्रचण्ड को छेपारो प्रबृतीलाई सजाय दिनुको साटो झन मलजल गर्ने कुरा काङ्ग्रेसि कार्यकर्ताको भाबना बिपरित छ।
जुन सरकार काङ्ग्रेसकै बिरुद्ध अस्वभाबिक, अनैतिक र आश्चर्यजनक रुपमा रातारात माले, मसाले ,मण्डले र घण्टी सण्टि मिलेर बनेको छ त्यहि सरकारलाई बिश्वासको मत दिनु भनेको अपराधिलाइ पुरस्कार दिए जस्तो हो।
जसले विश्वासघात गर्यो उसैलाई विश्वास को मत दिनु लाचारी र आत्मसमर्पण जस्तै हो। केहि व्यक्तिहरुको निहित सत्ता स्वार्थको लागि काङ्ग्रेसको इतिहास समाप्त पार्न खोज्ने यो फोहोरी राजनीति खेद जनक छ।
वर्तमानमा काङ्ग्रेसले सरकार तिर फर्कियर र्याल चुहाउने भन्दा पनि गाउँ तिर फर्किएर जनताको सुख दुखमा साथ दिनु पर्छ।
वास्तवमा नेपाली काङ्ग्रेसका लागि ससक्त प्रतिपक्ष को भुमिका नै आजको वास्तविकता हो। तर सरकारालाइ विश्वासको मत दिनु भनेको यो सरकार ठिक छ भनेर पक्ष लिनु हो। प्रतिपक्ष भनेको सरकार प्रति हामो बिस्वास छैन भनेर खबरदारि गर्नु हो। तर यहा हास्यास्पद रुपमा यो सरकार ठिक छ भनेर विस्वासको मत जाहेर गरिसके पछि अब के आधारमा प्रतिपक्ष भन्न मिल्छ र ?
जय नेपाल!!!
भुपेन्द्र जङ शाही
Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2