कलश बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सम्पन्न

 पुष २७, २०७

इन्द्रावती गाउँपालिका वडा नम्बर ५ स्थित कलश बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३औं बार्षिक साधारण सभा तथा अधिवेशन सम्पन्न भएको छ । सधारण सभाको बागमती प्रदेशका सांसद युवराज दुलाल शरदले उद्घाटन गर्नुभयो । कार्यक्रमलाई सम्बोधद गर्दै प्रमुख अतिथि सिन्धुपाल्चोक क्षेत्र नम्बर २ प्रदेश सभा क का सांसद दुलालले मतदाताका लागि धन्यवाद व्यक्त गर्नुभयो ।

उहाँले आफु जनताको साझा प्रतिनिधि भएकाले सबैको समस्या समाधानका लागि नितिगत रुपमा नितिनिमार्ण गर्ने तहमा रहेर आवाज उठाउने प्रतिबद्धता समेत जनाउनुभयो । सांसद दुलालले चुनावका बेला गरेक बाचाहरु पुरा गर्नका लागि ईमानदार भएर काम गर्ने प्रतिबद्धता समेत जनाउनुभयो । यहाँको विकास ,कृषि ,सिंचाइ लगायतका क्षेत्रमा साझा प्रतिनिधिको हैसियतले आफुले हिले गर्ने दुलालले बताउनुभयो ।

Public Patra Insert into Post

कार्यक्रममा उहाँले सहकारीको मर्म र भावना अनुसार काम गर्न र सहुलियतमा ऋण लिएर आर्थिक उन्नति गर्न आग्रह गर्नुभयो ।कार्यक्रमका विशेष अतिथि गाउँपालिकाका अध्यक्ष झम्क नेपालले सहकारीले सहि नेतृत्वको आवश्यकता महसुस गरिरहेकाले त्यही अनुसारको नेतृत्व चुन्न आग्रह गर्नुभयो । उहाँले सरकारको ३ खम्बे अर्थ नितिमा सहकारी पनि भएकाले गाउँ गाउँमा सहकारी घर घरमा भकारि भन्ने अवधारणालाई मूर्तरुप दिन आग्रह गर्नुभयो ।

उहाँले गाउँपालिकामा २० करोड ४० लाखको ऋणको भारि बोकेर निति तथा कार्यक्रम निर्माण गर्नु परेको उल्लेख गर्दै सोचेअनुसार पर्याप्त बजेटको ब्यबस्था गर्न नसकिएको बताउनुभयो । जुन लक्ष्य र उद्देश बोकेर खोलेका सहकारी संस्था छन् त्यसै अनुसार काम गर्न उहाँले आग्रह गर्नुभयो । अध्यक्ष नेपालले उहाँले एउटै लक्ष्य र उद्देश्य बोकेर खोलिएका सहकारीलाइ मर्जरको तयारी गरिरहेको उल्लेख गर्दै नमुना लायक सहकारीको रूपमा अगाडी बढ्न सुझाव दिनुभयो ।

गाउँपालिका विकास र समृद्धिको यात्रामा रहेकाले सहकारीको साथ र सहयोगले मात्र यो समृद्धि हासिल गर्न सकिने अध्यक्ष नेपालले बताउनुभयो।कार्यक्रममा गाउँपालिकाकी उपप्रमुख शोभना तामाङले सहकारीलाई सफलताको शुभकामना ब्यक्त गर्दै बचत गर्दै ऋण लिएर ब्यबशाय गर्न आग्रह गर्नुभयो । उहाँले ऋण लिएको रकम सहि सदुपयोग गर्न समेत आग्रह गर्दै सहकारीले नागरिकको जीवन स्तर उकास्न मद्दत पुग्ने बिश्वास ब्यक्त गर्नुभयो ।

कार्यक्रममा गाउँपालिकाका प्रवक्ता एवम् वडा नम्बर ५का वडा अध्यक्ष शशिनाथ आचार्य, वडा नम्बर ११ का वडा अध्यक्ष रामजी माझि, वडा नम्बर ७का वडा अध्यक्ष रविन्द्र खाती,समाजसेवि एवम् साहित्यकार जगन्नाथ आचार्य लगायले आफ्नो भनाई राख्नुभएको थियो । सहकारीको साधारण सभाको अवसरमा सहकारीको शेयर सदस्य भई जनप्रतिनिधि भएकाहरुलाई सम्मान समेत गरिएको थियो । सहकारीका अध्यक्ष प्रताप सिंह तामाङको सभापतित्वमा भएको कार्यक्रम सहकारीका कार्यकारी अधिकृत बुद्धि प्रसाद आचार्यले सञ्चालन गर्नुभएको थियो ।

सहकारीको चालु आर्थिक बर्षमा कुल शेयर पुजीँ ५४ लाख १५ हजार रहेको छ भने बचतमा १९ लाख ८१ हजार रहेको छ । यसैबिच अधिवेशनबाट बुद्धिप्रसाद आचार्यको अध्यक्षतामा ८ सदस्सीय समिति समेत गठन गरेको छ । समितिको उपाध्यक्षमा भरतप्रसाद तिमल्सिना,सचिव नेत्रप्रसाद आचार्य,कोषाध्यक्ष समुन्द्र आचार्य चयन हुनुभएको छ ।

त्यस्तै सदस्यहरुमा पदम तामाङ, शेषकुमारी सापकोटा, बबिता परियार ,डोल्मो तामाङ चयन हुनुभएको नवनिर्वाचित अध्यक्ष आचार्यले जानकारी दिनुभयो । अधिवेशनले लेखा समिति संयोजकमा यादव प्रसाद आचार्य , सदस्यहरुमा मुक्तिनाथ आचार्य र बिन्दा ढुंगाना चयन गरेको छ भने सल्लाहकार समितिमा संयोजक प्रतापसिं तामाङ,भवनाथ आचार्य र रामजी थापा चयन गरेको छ ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2