बागमतीका मुख्यमन्त्री जम्कट्टेलले गरे प्रधानमन्त्री ‘प्रचण्ड’सँग भेट

 पुष २८, २०७

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री शालिकराम जम्कट्टेलले भेट गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको सो भेटमा प्रधानमन्त्री प्रचण्डले मुख्यमन्त्रीमा नियुक्त भएकोमा जम्कट्टेललाई बधाई तथा शुभकामना दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

Public Patra Insert into Post

नवनियुक्त मुख्यमन्त्री जम्कट्टेल नेकपा (माओवादी केन्द्र)का नेता हुन् । नेकपा (एमाले)लगायत सत्ता साझेदार दलको सहयोगमा उनी सोमबार मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2