सन्दीप लामिछानेको निवेदनमा सुनुवाइ सकियो,आदेश आउन बाँकी

 पुष २८, २०७

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेले पुर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पाटन इजलासमा दिएको निवेदनमाथिको सुनुवाई सकिएको छ ।

बिहीबार सुनुवाइ सकिएपछि अब सो निवेदनमाथि उच्च अदालतको आदेश आउने छ ।  उनको निवेदनको सुनुवाइ न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासमा भएको थियो।

Public Patra Insert into Post

उनको मुद्दामा अधिवक्ताहरू शम्भु थापा, रमन श्रेष्ठ, कृष्ण भण्डारी, मुरारी सापकोटालगायतले बहस गरेका छन्।

सन्दीप नाबालिग बलात्कारको मुद्दामा पुर्पक्ष थुनामा छन्। काठमाडौं जिल्ला अदालतले पुर्पक्ष थुनामा पठाउन दिएको आदेशविरुद्ध सन्दीप उच्च अदालत पुगेका हुन्।असोज २० गते प्रहरीले त्रिभुवन विमानस्थलबाट लामिछानेलाई नियन्त्रणमा लिएको थियो।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2