जयवागेश्वरी मावि हेलम्बु-३ को ६० औं वार्षिकोत्सव सम्पन्न

 पुष २८, २०७

पाण्डब अधिकारी हेलम्बु गाउँपालिका वडा नं. ३ स्थित जयवागेश्वरी माविको ६० औं वार्षिकोत्सव बिहिबार सम्पन्न भएको छ । वडा अध्यक्ष दीपक खड्काले वार्षिकोत्सव उद्घाटन गर्दै समाज स्थिर नरहने हुँदा शिक्षाले विभिन्न किसिमका सामाजिक परिवेशहरु परिवर्तनमा जोड दिनुपर्ने बताउनु भयो । बिधालयको व्यवस्थित विकासात्मक योजना निर्माण तथा कार्यान्वयन गर्न आफूले सक्दो पहल गर्ने प्रतिवद्धता जनाउँदै प्रमुख अतिथि वडा अध्यक्ष खड्काले समय सापेक्ष शैक्षिक गतिशीलताका लागि बिधालयलाई आग्रह गर्नुभयो ।

हेलम्बु गाउँपालिकाका शिक्षा संयोजक नेत्रप्रसाद भट्टराईले शैक्षिक विकृति तथा कमजोरीहरुको न्यूनीकरणका लागि पहल गरिने बताउनु भयो । शिक्षकको पेशागत दक्षतामा जोड दिदै भट्टराईले शिक्षकको समसामयिक मागहरु पूरा गर्न रचनात्मक भूमिका खेल्ने विश्वास दिलाउनु भयो । जस्ट नेपाल फाउन्डेसनकी प्रतिनिधि दीपा अर्यालले बिधालय शिक्षण सिकाइ प्रभावकारी र गुणस्तर सुधार गर्न संस्थाले शिक्षक, बिधार्थी, प्रशासक तथा अभिभावक बीचको रचनात्मक अन्तरक्रिया एवम् विभिन्न शैक्षिक सामग्रीहरु बिधालयलाई प्रदान गर्दै आएको बताउनुभयो ।

Public Patra Insert into Post

 

फाण्डेसनको हाम्रो समुदाय- हाम्रो विधालय, हेलम्बु परियोजना संचालनमा छ । इसिङ आधारभूत बिधालयका प्रधानाध्यापक ध्रुव गिरीले अभिभावक र बिधालयबीच असल सम्बन्ध निर्माण गरी शैक्षिक सहयोग र सहकार्य बढाउन सबैले हातेमालो गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा गत बर्ष एस.ई.ई.मा अर्थशास्त्र विषयमा ए प्लस ल्याउने नविना खड्कालाई सम्मान गरियो । बिधालयका छात्रछात्राहरुको गीत तथा नृत्य ले मनोरञ्जन दिनुका साथै थप आकर्षक दिएको थियो । विधालयका प्रधानाध्यापक रामगोपाल श्रेष्ठले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभयो । कार्यक्रम वि.व्य.स.अध्यक्ष बुद्धिमान तामाङको सभा अध्यक्षतामा संचालन गरिएको थियो ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2