थाङ्पालकोट कृषि सहकारीको छैठौं बार्षिक साधारण सभा सम्पन्न

 पुष २८, २०७

थाङ्पालकोट कृषि सहकारी संस्था लिमिटेडको छैठौं बार्षिक साधारण सभा सम्पन्न भएको छ । सहकारीको उद्घाटन गर्दै गाउँपालिका उपाध्यक्ष सुनिता अधिकारीले एउटै वडामा धेरै सहकारी हुने र सबै तिरबाट ऋण लिने तर नतिर्ने प्रवृत्तिले गर्दा धेरै सहकारी हरुले लागानि गरेको ऋण उठाउन समेत नसकेको बताउनुभयो ।

उहाँले शेयर सदस्यहरुलाई ऋण लिएको रकम उत्पादन मुखि कार्यमा लगाउन समेत आग्रह गर्नुभयो । उपाध्यक्ष अधिकारीले यहाँ दर्ता भएर रहेका सहकारीलाइ मर्जर गरेर एउटा ठुलो सहकारीको रुपमा विकास गर्नुपर्ने बताउनुभयो । उहाँले उत्पादन मुलक क्षेत्रमा लगानी गरेर जिवन स्तर उकास्न समेत आग्रह गर्नुभयो ।No description available.

Public Patra Insert into Post

कार्यक्रममा वडा नम्बर ४का वडा अध्यक्ष कुल बहादुर बस्नेतले सहकारी बाट ऋण लगेर नतिरेमा वडा बाट दिइने सम्पुर्ण सेवा बाट बन्चित गरिने बताउनुभयो ।

उहाँले कृषि ,पर्यटन,ब्यबशाय मार्फत वडालार्य आत्मनिर्भर गराउँदै नमुना वडा बनाउने लक्ष्य रहेको बताउनुभयो । टेक बहादुर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा लेखा समिति संयोजक राजन खत्रीले प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2