राजु बिरहि सापकोटाको सुमधुर स्वर र अभिनयमा“यति चोखो माया”सार्बजनिक(भिडियो सहित)

 पुष २, २०७

लोक तथा दोहोरी गीत संगीतका प्यासि मनहरुका लागि गायक राजु सापकोटा र गायिका ममता मैनालीको सुमधुर स्वरमा “ यति चोखो माया “ बोलको गीत भर्खरै मात्र सार्बजनिक भएको छ ।

उनले यस अगि पनि थुप्रै मौलिक गीतहरु आफ्ना श्रोता तथा दर्शकहरु माझ पस्कि सकेका छन् । कुनै पनि नेपालि लोक तथा दोहोरी गीतहरु सार्बजनिक गरिरहंदा मौलिकतालाई ख्याल गरिएन भने उस्को सांगितिक यात्रा गन्तब्य बिहिन हुने गायक राजु सापकोटाको धारणा रहेको छ ।

Public Patra Insert into Post

मकवानपुर हेटौंडाको सेरोफेरोलाई समेटेर तयार पारिएको उक्त गितमा राजु बिरही सापकोटाको शब्द,संगीतमा रहेको छ ।सन्जय श्रिपालको एरेन्ज रहेको  सार्बजनिक गितमा स्वयं राजु सापकोटा र जुना कार्की लगायत कलाकारहरुको अभिनय रहेको छ ।

भिडियोलाई कोरियोग्राफी राजाराम सिम्खडा र निर्देशन मिलन श्रेष्ठले गरेका हुन। सन्तोष तिमल्सिनाले छायाकन गरेको उक्त गीत रोशन धितालले सम्पादन गरेका हुन भने गीतको अडियो तथा भिडियोलाईMilan Films Production युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको छ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

 

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2