पाेखरामा ६८ जना यात्रु बोकेको जहाज दुर्घटनाग्रस्त

 माघ ०१, २०७

काठमाडौं — यति एयरलाइन्सको विमान आइतबार पोखरामा दुर्घटना भएको छ । काठमाडौंबाट पोखराका लागि बिहान उडेको यतिको एटिआर विमान अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनुअघि नयाँगाउँमा दुर्घटनामा परेको प्रारम्भिक जानकारी आएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले बताए ।

७२ यात्रु क्षमताको एटीआर विमानमा कति यात्रु थिए र कति क्षति भएको छ भन्नेबारे यकिन भइसकेको छैन ।अहिले दुर्घटनास्थलमा आगाे निभाउने प्रयास भइरहेकाे छ । थप विवरण आउन बाँकी छ ।
Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2