नगर प्रमुख तामाङद्वारा झाँकी प्रदर्शन

 माघ ०१, २०७

पाण्डब अधिकारी/ मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले झाँक्री प्रदर्शन गर्नुभएको छ । नगर प्रमुख तामाङ सहितको टोलीले आज मेलम्ची नगरपालिका वडा नं. ९ ज्यामिरे स्थित सातधारा दुप्चेश्वर मन्दिरमा झाँकी प्रदर्शन गरेको हो ।

आफू परम्परा,संस्कृति र मूल्य मान्यता अनुसार झाँकी भएको नगर प्रमुख तामाङले बताउनुभयो । नेपाली संस्कृतिलाई भुलेर पराइको संस्कृतिलाई आँखा चिल्लेर पछ्याउने विकृतिबाट मुक्त पार्न सबै जातजाति, भाषाभाषी र धर्मावलम्बीहरुले आ-आफ्नो रीतिरिवाजमा जागरण पैदा गर्नुपर्नेमा जोड दिनुभयो ।

Public Patra Insert into Post

“नेपालमा अनेक जाति र तिनका भाषा, वेश र परम्परा छन्। ती सबैका साझा विशेषता सँगै बाँचौँ र हाँसौँ भन्ने हो ।” मेयर तामाङले भन्नुभयो-” विविधता बिचको एकता नेपाली संस्कृतिको मूल विशेषता भएकोले नेपाली संस्कृति लोप हुनबाट जोगान सबै सजग र सचेत रहदै संरक्षण गर्नुपर्छ ।

” उहाँले नेपाली संस्कृतिको जग शिष्ट, सभ्य र सुसंस्कृत आचरण तथा परम्परामा आधारित भएकोले पुस्तान्तरण सँगै अनुकरण गर्न आग्रह गर्नुभयो । माघी पर्वको अवसरमा बर्षैपिच्छे यो मन्दिरमा मेला लाग्ने गर्दछ । मेला भर्न मन्दिरबाट छिमेकमा पर्ने इन्द्रावती र पाँचपोखरी थाङ्पाल गाउँपालिकाका भक्तजनहरुको समेत भिड लाग्ने गर्छ ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2