पोखरा विमान दुर्घटनाप्रति भारतीय प्रधानमन्त्री मोदीद्वारा दुःख व्यक्त

 माघ ०२, २०७

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पोखरामा यति एयरको विमान दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । विमान दुर्घटनाको खबरले आफू मर्माहत भएको बताउँदै प्रधानमन्त्री मोदीले शोक सन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेका छन् ।

उनले आइतबार साँझ सामाजिक सञ्जालमार्फत भनेका छन्ः ‘भारतीय नागरिकसहित विभिन्न देशका नागरिकको ज्यान जाने गरी नेपालमा भएको हवाई दुर्घटनाले मर्माहत भएको छु । यस दुःखद घडीमा शोक सन्तप्त परिवारजनलाई धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना गर्दछु।’

Public Patra Insert into Post

आइतबार बिहान १०:३२ बजे काठमाडौंबाट पोखराको लागि ६८ जना यात्रु र ४ जना चालक दलका सदस्य सहित उडेको यति एयरको एटीआर ७२ विमान करिब ११:०० बजे कास्कीको पोखरा महानगरपालिका १५ नयाँगाउँस्थित सेती नदीको खोचमा दुर्घटना भएको थियो।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2