पोखरामा दुर्घटना भएको जहाजको तीन अवतार

 माघ ०२, २०७

काठमाडौ ,माघ २ गते । आइतबार पोखरामा दुर्घटना भएको कल साइन ९ एन – एएनसी यती एयरको जहाजले १५ वर्ष छ महिना उडान भरेका छन् ।

एरोस्पेसले निर्माण गरेको उक्त जहाज सर्वप्रथम सन् २००७ अगष्ट १७ मा भारतको किङ्फिसर एयरलाइन्सले ल्याएको थियो । त्यसपछि सन् २०१२ मा उक्त जहाज लिज विक्रीमा राखिएको थियो । सन् २०१३ अप्रिल १ मा थाइल्यान्डको नोक एयरले चलाएका थिए ।

Public Patra Insert into Post

सन् २०१९ मा उक्त जहाज पुनः लिज विक्रीकालागी राखेपछि सन् २०१९ अप्रिल २६ मा यती एयरलाइन्सले लिजमा ल्याएर उडाउन थालेको हो । दुर्घटना भएको दिन पनि काठमाडौ-पोखरा रूटमा तेस्रो उडानका क्रममा अवतरण गर्न लाग्दा दुर्घटना भएको हो ।

दुर्घटना भएको उक्त जहाज यहि पुस ७ गते पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक अवतरण गरेको जहाज हो । उक्त जहाजले पोखराको पुरानो विमानस्थलबाट नयाँ विमानस्थलमा डेमो उडान गरेको थियो ।

फोटो : सामाजिक सन्जाल

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2