चौथो हेलम्बु स्तरिय फुटबल सुरु

 माघ ०२, २०७

हेलम्बु-चौथो हेलम्बु गाउँपालिका स्तरिय फुटबल प्रतियोगिता हेलम्बुमा सुरु भएको छ ।आज प्रतियोगिताको वडा नम्बर ५ का अध्यक्ष दिपकुमार तामाङले उद्घाटन गर्नुभयो ।

सोनाम ल्होछारको अवसरमा आयोजित प्रतियोगिता अन्तर्गत आज विभिन्न खेल हरु सप्पन्न भएका छ्न ।

Public Patra Insert into Post

आज भएका खेलमा न्यु राइजिङ ले हेलम्बु युवा कल्व तिम्बुलाइ ५-१, किउलले न्यु राइजिङ बि लाई २-० हेलम्बु युवा समाज चनौटेले चुरेटारलाइ २-१ मेन्ज्यु ह्योल्मो युवा क्लवले भिरखर्क लाई ३-१ र हेलम्बु ५ ले पाल्चोकि माइ युसिङलाई १-० ले पराजित गरेको न्यु राइजिङ युवा कल्वका सस्थापक अध्यक्ष साङगे दोङ तामाङले जानकारी दिनुभयो । खेल ६ गते सम्म चल्ने छ ।

फाइनलका दिन सान्स्कृतिक कार्यक्रम समेत हुने प्रतियोगिताका सदस्य श्याम शर्मा एलसिले बताउनुभयो ।११ टिम सहभागी प्रतियोगितामा प्रथमले १ लाख दोस्रो ले ५० हजार पाउनेछ्न।

गाउँपालिकाको सहयोग र न्यू राइजिङ युवा क्लवको आयोजनामा खेल संचालन भएको हो ।कार्यक्रममा वडा न १ का अध्यक्ष दावा ग्यालिजेन लामा लगायतको उपस्थिति रहेको थियो ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2