युवा प्रतिनिधित्वमा ट्रेड युनियन कांग्रेस विश्वमै उत्कृष्ट

 माघ ०३, २०७

काठमाडौ, माघ ३ गते । नेपाल ट्रेड युनियन कांग्रेस युवा प्रतिनिधित्वको हिसाबले ट्रेड युनियन क्षेत्रमा विश्वमै उत्कृष्ट ट्रेड युनियन बनेको छ । युनियनको गत जेठ २९ र ३० गते सम्पन्न सम्मेलनले युवा प्रतिनिधित्वमा थप वैधानिक व्यवस्था गरेसंगै ट्रेड युनियन क्षेत्रमा युवा प्रतिनिधित्वमा उत्कृष्ट संगठन बनेको हो ।

ट्रेड युनियन कांग्रेसको संशोधित विधान-२०७९ मा व्यवस्था भए अनुसार केन्द्रीय महाधिवेशन प्रतिनिधिमा १०% युवा अनिवार्य , ३३% महिला महाधिवेशन प्रतिनिधिमा समेत अनिवार्य १०% महिला युवा प्रतिनिधि ल्याउनुपर्ने व्यवस्था गरेसंगै २०% युवा महाधिवेशन प्रतिनिधि सुनिश्चित भएको छ । यो नेपालमा मात्र नभई ट्रेड युनियन जगतमा विश्वमै युवामैत्री र उत्कृष्ट युवा प्रतिनिधित्वको नमुना हो ।

Public Patra Insert into Post

यसरी कुनै पार्टी , ट्रेड युनियन र संगठनमा युवा प्रतिनिधित्वको वैधानिक व्यवस्था सुनिश्चित गरेको छैन । महाधिवेशन प्रतिनिधि मात्र नभई महासंघको केन्द्रीय समितिमा १ खुला युवा र १ महिला युवा केन्द्रीय सदस्यको कोटा व्यवस्था गरेको छ । यसकोसाथै युनियनको सबै संरचनामा युवा समिति समेत व्यवस्था छ । नेपाल ट्रेड युनियन कांग्रेसका वरिष्ठ उपाध्यक्ष एवं विधान संशोधन समितिका संयोजक महेन्द्र प्रसाद यादवले युवा पुस्तालाई ट्रेड युनियन आन्दोलनमा प्रोत्साहित गरि संगठनलाई गतिशील बनाउन विधानमै युवाको प्रतिनिधित्व सुनिश्चित गरेको बताउनुभयो ।

युवाहरूको आवाज र प्रतिनिधित्व नीति निर्माण तहमा पुर्याउने उदेश्यले केन्द्रीय युवा समितिको अध्यक्ष महासंघको केन्द्रीय समिति, केन्द्रीय कार्य सम्पादन समिति , अनुशासन समिति , आन्तरिक लेखा समिति लगायत अन्तर्राष्ट्रिय फोरमहरुमा प्राथमिकताकासाथ प्रतिनिधित्व गराउदै आएको युनियनका महासचिव योगेन्द्र कुँवरले जानकारी दिनुभयो ।

ट्रेड युनियन कांग्रेसका केन्द्रीय सदस्य एवं युवा समितिका निवर्तमान अध्यक्ष बलदेव तामाङले लामो समयको लबिङ र छलफलबाट नेतृत्वलाई युवा प्रतिनिधित्वबारे सहमत गराउन सफल भएको बताउनुभयो । यस कदमले अग्रजहरुको अनुभव एवं युवाहरूको ज्ञान, सीप र उर्जालाई समिश्रण गरि ट्रेड युनियन आन्दोलनलाई नयाँ गति दिन सहज हुने बताउनुभयो ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2