कालिञ्चोक दर्शनको आईपीओ आजदेखि खुल्यो,यसरी भर्न सकिन्छ आईपीओ

 माघ ०३, २०७

काठमाडौं । कालिञ्चोक दर्शन लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन आजबाट बिक्री खुला गरेको छ । आजबाट कम्पनीले प्रतिकित्ता १०० रुपैयाँअंकित मूल्यका आठ लाख ९६ हजार ४०० कित्ता आईपीओ निष्कासन गरेको हो ।

कम्पनीले जारी पुँजी ६० करोड रुपैयाँको १८ प्रतिशतले हुन आउने १० करोड ८० लाख रुपैयाँ बराबरको १० लाख ८० हजार कित्ता सेयर सर्वसाधारणका लागि छुट्ट्याएको थियो ।

Public Patra Insert into Post

सर्वसाधारणले बाँकी आठ लाख ९६ हजार ४०० कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

आईपीओमा लगानीकर्ताले न्यूनतम १० देखि अधिकतममा चार हजार ९९० कित्ताका लागि आवेदन दिन सक्नेछन् । निष्कासन बन्द छिटोमा माघ ६ गते हुने कम्पनीले जनाएको छ । सो अवधिसम्म मागानुसार आवेदन नपरेमा निष्कासन अवधि माघ १७ गतेसम्म थप गरिनेछ ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरूका साथै मेरोसशेयर खातामार्फत आवेदन दिन सकिनेछ ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2