रोश्मा तामाङले हात पारिन मिस तामाङ पोखराको उपाधि

 माघ ०३, २०७

मिस तामाङ पोखराको उपाधि रोश्मा तामाङले जितेकी छन् । बैदाम तामाङ सेवा समाज पोखराको आयोजनामा आइतबार भएको प्रतियोगिताको ग्राण्ड फिनालेमा १६ प्रतिस्पर्धिलाई पछि पार्दै उनले उपाधि जित्न सफल भइन् । उपाधि सँगै उनले १ लाख रुपैयाँ नगदसहित ताज र ट्रफि प्राप्त गरिन् । उनले मिस कन्फिडेन्टको उपाधि समेत जितिन् ।

त्यस्तै जुना तामाङ फस्ट रनरअफ भइन् । उनले ५० हजार रुपैयाँसहित ताज र ट्रफि प्राप्त गरिन् । प्रीति तामाङ दोस्रो हुँदै नगद ३० हजार प्राप्त गरिन् । भ्युअर्स च्वाइसको उपाधि रेनुका तामाङले हात पारिन् । उनले २० हजार प्राप्त गरिन् ।

Public Patra Insert into Post

निणार्यकमा जोन्टा क्लब अफ पोखरामा अध्यक्ष मोनिका थापा, गीतकार तीर्थ तामाङ, पूूर्व मिस तामाङ पोखराका रनरअप सजना वाइवा, जेसीज पोखराका अध्यक्ष गणेश गिरी रहेका थिए ।

मिस टयालेन्ट विकिता तामाङ, जुना तामाङ मिस पपुलर, विपना तामाङ मिस पंचुअल, वेस्ट स्माइल लक्ष्मी तामाङ, वेस्ट हेयर जिना तामाङ, वेस्ट स्किन योगिता तामाङ, व्युटि विथ प्रपोज सुमित्रा तामाङ, मिस डिसपिलिन रेनुका तामाङ, वेस्ट वाक कृतिका तामाङ, फोटो जेनिक निशा तामाङ, ग्रेसफूल आकृति तामाङ, मिस कल्चर सुप्रिया तामाङ, मिस फेण्डली मनिषा तामाङ र वेस्ट परफर्मरको टाइटल अर्विना तामाङले जिते ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2