ट्रेड युनियन कांग्रेसको महाधिवेशन जेठ १२-१४

 माघ ०३, २०७

काठमाडौं माघ,३। नेपाल ट्रेड यूनियन काँग्रेस (एनटीयूसी) को महाधिवेशन आगामी जेठ १२-१४ गते हुने भएको छ ।

महासंघको यहि पुस २९ र ३० गते सम्पन्न केन्द्रीय समितिले पारित गरेको निर्णयहरु सार्वजनिक गर्न मंगलबार आयोजित पत्रकार सम्मेलनमार्फत महाधिवेशन २०८० जेठ १२-१४ गते गर्ने जनाएको छ । बैठकले केन्द्रीय अध्यक्ष पुष्कर आचार्यको संयोजकत्वमा मूल तयारी समिति गठन गरिएको छ ।

Public Patra Insert into Post

समितिका सदस्यमा महासंघ सबै पदाधिकारी एवं सदस्यहरु, सबै आवद्ध संघ , महासंघका प्रदेश तथा जिल्ला अध्यक्षहरु छन् । बैठकले फागुन मसान्तसम्म आवद्ध सबै ट्रेड युनियनका सदस्यता निर्धारण गर्ने र चैत मसान्तभित्र संघहरुको अधिवेशन गरिसक्ने योजना बनाइएको छ । त्यस्तै, जिल्ला अधिवेशन बैशाख ९ र प्रदेश अधिवेशन बैशाख १८ गते गर्ने निर्णय गरेको छ ।

महासंघले सहजीकरणकालागि केन्द्रीय प्रतिनिधि पठाउने निर्णय समेत गरेको छ । बैठकले सरकारको निर्णय अनुरुप आगामी बैशाखदेखि अनौपचारिक र स्वरोजगार क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षामा सहभागी गराउन स्थानीय स्तरमा श्रमिकको पञ्जिकरण गर्न तथा उनीहरुका समस्या सम्बोधन गर्न श्रम सल्लाहकार समिति गठन गराउन पहल गर्ने निर्णय समेत गरेको छ ।

यसैगरी कांग्रेसको संरचनामा श्रमिक समावेश, दुई तहको निर्वाचन समीक्षा, श्रमिकलाई सामाजिक सुरक्षा तथा आप्रवासी श्रमिक समस्याका मुद्दालाई छलफल गर्न कांग्रेसले तत्काल महासमिति बैठक बोलाउन विशेष नीतिका अगाडि बढ्न माग गरेको छ ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2