नुवाकोटमा आफ्नै भाईले लट्ठीले हान्दा दाईको निधन

 माघ ०३, २०७

नुवाकोटमा भाईले टाउकोमा लट्ठी प्रहार गर्दा आफ्नै सहोदर दाइको निधन भएको छ ।बेलकोटगढी न.पा.-९ नलगाँउमा सोमबार दिउँसो मादक पदार्थ सेवन गरेका भाईले दाजुलाई लट्ठी प्रहार गरेका थिए ।

घरायसी झैझगडाको क्रममा मापसले गरेका ईन्द्र सिंह तामाङ (वर्ष ३२) ले आफ्नै दाजु जगत गौचन तामाङ (वर्ष ५२) लाई टाउकोमा लट्ठीले हिर्काएका थिए ।

Public Patra Insert into Post

लट्ठी प्रहारसँगै दुबै कानबाट रगत आएर बेहोस भएका दाजुलाई उपचारको लागी त्रिशुली अस्पताल नुवाकोट लगिएको थियो ।

सोमबार बेलुका ६:३० बजे अस्पताल पुर्‍याउनसाथ जगत गौचनको निधन भएको चिकित्सकले घोषणा गरेका हुन् ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2