जनमत पार्टीले रोजेको मन्त्रालय नपाएपछी पदभार ग्रहण गर्नै गएनन् अब्दुल खान

 माघ ०३, २०७

काठमाडौं : जनमत पार्टीका अब्दुल खानले पदभार ग्रहण अस्वीकार गरेका छन्। शपथग्रहण गरेको २२ दिनपछि कार्यभार तोकिएका खान पदभार ग्रहण गर्न खानेपानी मन्त्रालयमा जान अस्वीकार गरेका हुन्।

पूर्वसहमति अनुसारको मन्त्रालय नपाएको भन्दै उनले पदभार ग्रहण गर्न अस्वीकार गरेका हुन्। यसअघि जनमत पार्टीले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय पाउने सहमति भएको थियो।

Public Patra Insert into Post

तर, मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले खानलाई खानेपानी मन्त्रालयको जिम्मेवारी दिएपछि उनले असन्तुष्टी जनाएका हुन्।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2