पालिका अध्यक्षले ऐन विपरित काम गरेको भन्दै विशेष गाउँ सभा माग

 माघ ०३, २०७

काठमाडौ माघ , ३ गते । सिन्धुपाल्चोक जिल्लाको बलेफी गाउँ पालिका अध्यक्ष गङ्ग बहादुर तामाङले ऐन विपरीत काम गरेको भन्दै उपाध्यक्ष सरु लामा सहित नब्बे प्रतिशत सदस्यहरुले ध्यानाकर्षणपत्र दर्ता गर्दै विशेष गाउँ सभा बोलाउन माग गरेका छन् ।

पालिका अध्यक्ष तामाङले एकल ढंगले विभिन्न विषयहरू निर्णय गरेकोले मंगलबार पालिका कार्यालयमा सात बुदे ध्यानाकर्षणपत्र दर्ता गरेको वडा नम्बर,३ का अध्यक्ष रितेश तामाङले पब्लिकपत्रलाई जानकारी दिनुभयो । स्थानीय सरकार संचालन ऐन २०७४ को धज्जी उडाउदै आफु सम्बद्ध दललाई लक्षित गर्दै कार्य गरेको, आधारभूत तथा माध्यामिक शिक्षा संचालन कार्यविधि २०७४ विपरित मनोमानी ढंगले बिद्यालय व्यवस्थापन समिति अध्यक्ष तोकेको ध्यानाकर्षणपत्रमा उल्लेख छ ।

Public Patra Insert into Post

यसैगरी आर्थिक वर्ष २०७९/८० को श्रोत सुनिश्चित नभई विनियोजित बजेटको कार्यान्वन गरिएको ,कर्मचारी ब्यबस्थापन,१२ कक्षा सम्मको अनिवार्य निशुल्क शिक्षा , स्थानीय कर्मचारी , जनप्रतिनिधिको बालबालिका अनिवार्य सरकारी बिद्यालयमा पढाउनु पर्ने लगायतका माग उठाउदै पालिका उपाध्यक्ष , वडा अध्यक्षहरु, कार्यपालिका सदस्य सहित ३७ जना जनप्रतिनिधिहरुले विशेष गाउँ सभाको माग गरेका हुन् ।

स्थानीय सरकार संचालन ऎन-२०७४को परिच्छेद ४,दफा १९ को उपदफा ३ अनुसार एक तिहाई सभा सदस्यहरुले विशेष गाउँ सभा बोलाउन माग गरेपछि १५ दिन भित्र पालिका अध्यक्षले विशेष गाउँ सभा बोलाउनुपर्ने कानुनी व्यवस्था छ । बलेफी गाउँपालिकामा ४२ निर्वाचित सदस्य मध्ये एक जना जिल्ला समन्वय समितिका उपप्रमुख छन् भने १६ जनाको कार्यपालिका रहेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सतर्कता केन्द्र, बागमती प्रदेशलगायतलाई वोधार्थ सहितको ध्यानाकर्षणपत्र मंगलबार गाउँपालिकामा दर्ता गराएको छ ।No description available.

No description available.

No description available.

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2