पल शाहले तनहुँ जिल्ला अदालतबाट सफाइ पाए ,जेल मुक्त भने तत्काल नहुने

 माघ ०३, २०७

तनहुँ । नाबालिका बलात्कारको आरोपमा अभिनेता पल शाहलाई जिल्ला अदालत तनहुँले सफाइ दिएको छ ।

मंगलबार जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले बलात्कारको अभियोगमा दाबी नपुगेको भन्दै शाहलाई सफाइ दिएको पल शाहका कानुन व्यवसायी कमलामोहन वाग्लेले जानकारी दिए ।

Public Patra Insert into Post

जिल्ला अदालतले पल शाहका म्यानेजर कृष्ण जोशीलाई पनि सफाइ दिएको छ । जोशीलाई उक्त प्रकरणमा सहयोगी भूमिका खेलेको आरोप थियो ।

जिल्ला अदालत तनहुँबाट सफाइ पाए पनि शाह तत्काल रिहा भने हुने छैनन् । उनीमाथि जिल्ला अदालत नवलपुरले बालयौन दुरुपयोगसम्बन्धी अभियोगमा दुई वर्ष छ महिना कैद र १० लाख रुपैयाँ क्षतिपूर्तिबापत जरिबाना तोकेको छ ।

त्याे सजाय काटेपछि मात्र उनी रिहा हुनेछन् । नवलपुर अदालतको फैसलाविरुद्ध शाहले उच्च अदालत पोखरामा पुनरावेदन दिइसकेका छन् ।

 

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2