गजल’के लत बस्यो मलाई’ले गजलमय बनायो सामाजिक सञ्जाल

 माघ ०४, २०७

काठमाडौ माघ,४ गते । डा. प्रदीप कुमार मैनालीको रचना र तिलकसिंह पेलाको स्वर तथा संगीतमा सजिएको गजल ‘ के लत बस्यो मलाई ‘ नेपाली साङ् गितक आकाशमा मात्र चर्चित छैन बरु विभिन्न सामाजिक सञ्जालहरुमा समेत यो गजलमय बनेको छ ।

यो गजल चार दिनअघि मात्र युट्युबमा रिलिज भएको हो । साधारण शब्द तर मार्मिक एवं गहिरो भावयुक्त ‘ के लत बस्यो मलाई ‘ बोलको गजललाई सर्वाधिक रुचाएका छन् ।

Public Patra Insert into Post

विभिन्न टेलिभिजन र रेडियोमा मात्र होइन सामाजिक सञ्जाल समेत यो गजलमय बनेका छन् । अहिले अधिकांस टिकटक प्रयोगकर्ताले यस गजलमा टिकटक बनाएर अपलोड गरेको देखिन्छ ।सामाजिक सञ्जाल प्रयोगकर्ताले भाइरल गीतको होडमा यो गीतले मौलिकता र सिर्जना अझै कायम छ भन्ने सन्देश दिन खोजेको बताइरहेका छन् ।

गायक तिलक सिंह पेला काठमाडौको सानो भर्याङस्थित श्रीकृष्ण गुरुकुल संगीत पाठशालामा संगीतका शिक्षक समेत रहेका छन् । पेलाको स्वारलाई सबैले प्रसंशा गरेका छन् । गजलको एरेन्जर तथा रेकर्डिङ रिदम कडेलले गरेको हो ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2