सांसद देवराज घिमिरेलाई एमालेले सभामुख उम्मेदवार बनाउने

 माघ ०४, २०७

नेकपा (एमाले) ले सांसद देवराज घिमिरेलाई सभामुखको उम्मेदवार बनाउने भएको छ।

आज १ बजे घिमिरेको उम्मेदवारी दर्ता हुने एमाले उपाध्यक्ष सुवास नेम्वाङले बताए।’अहिले अध्यक्षबाट घिमिरेलाई बनाउने खबर आयो,’ उनले भने,’आज १ बजे उम्मेदवारी दर्ता हुन्छ।

Public Patra Insert into Post

२०५६ सालमा राष्ट्रिय सभाका सांसद बनेका घिमिरे यसपटक झापा-२ बाट निर्वाचित भएका हुन्।उनी एमालेका स्थायी समिति सदस्य तथा प्रदेश १ इन्चार्जसमेत हुन्।नेकपा एमालेमा घिमिरे कमैमात्र अवसर पाएका नेताका रूपमा चिनिन्छन्।

यसअघि एमालेबाट उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिव छविलाल विश्वकर्मा र नेता विद्या भट्टराई सभामुख बन्ने चर्चा थियो। अन्तिम अवस्थामा घिमिरेले सभामुख उम्मेदवार बन्ने अवसर पाएका हुन्।सत्ता गठबन्धनभित्र भएको भागबन्डामा सभामुख पद नेकपा एमालेको भागमा परेको छ।

ताप्लेजुङबाट झापामा बसाइसराइ गरेको घिमिरे परिवार अहिले पनि बिर्तामोडमा भाडाको घरमा बस्दै आएको छ। उनको बुवा आमाबाट जन्मिएका १२ छोराछोरीमध्ये घिमिरे माइलो हुन्। घिमिरेकी श्रीमती टीकादेवी बस्नेत भने रिटार्यड शिक्षिका हुन्।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2