कांग्रेस संसदीय दलले सभामुख उम्मेदवार छान्ने,ईश्वरी न्यौपाने र अम्बिका बस्नेत चर्चामा

 माघ ०४, २०७

नेपाली कांग्रेसको पदाधिकारी बैठकले पार्टीबाट सभामुख पदमा उम्मेदवारी दिने निर्णय गरेको छ।तर उम्मेदवार भने तय भइसकेको छैन।

बुधबार दिउँसो १ बजे पार्टी संसदीय दल सिंहदरबारमा बस्ने बैठकले सभामुख उम्मेदवार टुंगो लगाउने तयारी छ।सभामुख पदका लागि सांसदहरू ईश्वरी न्यौपाने र अम्बिका बस्नेतको नाम कांग्रेसभित्र चर्चामा छ।

Public Patra Insert into Post

पदाधिकारी बैठकमा सभापति देउवाले महिला सांसदमध्येबाट सभामुख उम्मेदवार बनाउन संकेत गरेका थिए।

न्यौपाने कैलालीकी हुन्। उनी कांग्रेस केन्द्रीय सदस्य पनि हुन्। उनले लामो समय महिला संघमा काम गरेकी थिइन् भने महिला विभाग प्रमुख भएर पनि पार्टीमा काम गरेकी थिइन्। उनी सभापति देउवानिकट छिन्।

यस्तै बस्नेतको नाम पनि सभामुख उम्मेदवारका रूपमा चर्चामा छ। उनी कांग्रेस केन्द्रीय सदस्य हुन्। उनी सभापति देउवानिकट छिन्। उनले पनि महिला संघमा काम गरेकी थिइन्। उनी २०७० र २०६४ मा पनि सांसद थिइन्।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2