महिला राष्ट्रिय टी २०क्रिकेट प्रतियोगितामा मधेश सेमिफाइनलमा प्रवेश

 माघ ०४, २०७

इटहरीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय टी२० क्रिकेट प्रतियोगितामा मधेश प्रदेश सेमिफाइनलमा प्रवेश गरेको छ ।जनता क्रिकेट पार्क क्रिकेट मैदानमा बुधबार लुम्बिनी प्रदेशलाई १६ रनले हराउँदै मदेश अन्तिम चारमा पुगेको हो ।

यो सँगै मधेश प्रदेश पहिलो पटक महिला पीएम कप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको हो ।मधेसले दिएको १०८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको लुम्बिनीले २० ओभरमा ५ विकेट गुमाएर ९१ रन मात्र बनाउन सक्यो ।

Public Patra Insert into Post

लुम्बिनीका लागि रन्जु श्रेष्ठ र मधु डिसीले अविजित रहदै समान २१ रन जोडिन ।लक्ष्मी चौधरी १२ रनमा आउट हुँदा आश्मा पुलामी मगर र सरस्वती गंगा मगरले ११/११ रन जोडिन ।मधेशका लागि भुमि सिंहले २ तथा कविता गौतमले १ विकेट लिईन् ।

त्यसअघि पहिले ब्याटिङ गरेको मधेशले २० ओभरमा ५ विकेट गुमाएर १०७ रन जोडेको थियो ।यस जितसँगै मधेशले समूह बी को उपविजेता बन्दै अन्तिम  चरणमा  पुगेको हो । मधेशले ३ खेलमा ४ अंक जोड्यो ।यस समूहबाट प्रदेश(१ समूह विजेता बन्यो । लुम्बिनी भने समूह चरणबाट बाहिरिएको छ ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2