युक्रेनमा हेलिकप्टर दुर्घटनामा गृहमन्त्रीसहित १६ को मृत्यु

 माघ ०४, २०७

युक्रेनमा हेलिकप्टर दुर्घटनामा गृहमन्त्री देनिस मोनास्तिर्स्की लगायत उच्च अधिकारीको मृत्यु भएको छ। दुर्घटनामा १६ जनाको मृत्यु भएको प्रहरीले बुधबार जनाएको छ।

यस क्षेत्रका गभर्नरले हेलिकप्टर राजधानी किभ बाहिर विद्यालय नजिकै दुर्घटनाग्रस्त भएको जानकारी दिए। यस दुर्घटनाको भिडियो पनि सार्वजनिक भएको छ, भिडियोमा घटनास्थलमा चिच्याहट सुनिएको छ। चारैतिर आगो लागेको देखिन्छ।

Public Patra Insert into Post

दुर्घटना हुँदा बालबालिका र विद्यालयका कर्मचारी पनि त्यहाँ थिए। त्यसमा केही विद्यार्थीको मृत्यु पनि भएको छ। प्रहरी र स्वास्थ्यकर्मी घटनास्थल पुगेका छन्।

युक्रेनका प्रहरी प्रमुख इगोर क्लेमेन्कोले भने, ‘हेलिकप्टर दुर्घटनामा १६ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा युक्रेनका गृहमन्त्री डेनिस मोनास्तिर्स्की पनि हुनुहुन्छ।’

प्रहरीका अनुसार मृतकमध्ये नौजना हेलिकप्टरमा सवार थिए। मृत्यु हुनेमा दुई बालबालिका रहेका छन्। दुर्घटनामा घाइते भएका १० जनालाई अस्पतालमा भर्ना गरिएको छ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2