डा. रुइतलाई करिब १३ करोड रुपैयाँ राशिको अवार्ड

 माघ ०५, २०७

काठमाडौ-माघ ५ गते। मानवीय सेवा तथा अन्धोपन निवारणमा उत्कृष्ट योगदान पुर्याएबापत वरिष्ठ आँखा रोग विशेषज्ञ डा. सन्दुक रुइत १० लाख डलर ( करिब १३ करोड रुपैयाँ ) राशिको प्रतिष्ठित ‘ इसा अवार्ड ` बाट सम्मानित हुने भएका छन् ।

‘ इसा अवार्ड फर सर्भिस टु ह्युमानिटी ‘ नामक संस्थाले मंगलबार रुइतको नाम छनोट गरेर अवार्ड दिने घोषणा गरेको हो । बहराइनका पुर्वराजा सेख इसा बिन सलमान अल खालिफाको नाममा सन् २००९ मा स्थापना भएको इसा अवार्ड सन् २०१३ देखि प्रदान गर्न सुरु भएको थियो । संसारमा उत्कृष्ट मानव सेवा गर्ने र मानव जीवन रक्षाकालागि लड्नेलाई यो अवार्ड हरेक दुई वर्षमा प्रदान गरिन्छ ।

Public Patra Insert into Post

हजारौं मानिसको गुमेको आँखाको ज्योति फर्काएका डा.रुइत तिल गङ्ग आँखा प्रतिष्ठानका संस्थापक तथा कार्यकारी निर्देशक हुन् । पाँचौ संस्करण अन्तर्गत रुइतलाई आगामी फेब्रुअरीमा अवार्डसहित गोल्ड मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । संसारमै प्रतिष्ठित अवार्डबाट आफू सम्मानित हुने निर्णयले तिलागङ्ग आँखा प्रतिष्ठान र नेपालको प्रतिष्ठा बढाएको डा. रुइतले बताए ।

यसअघि रुइतले सन् २००६ मा मलेसियाको रोमन म्याग्सेसे अवार्ड , सन् २००७ मा अर्डर अफ अस्ट्रेलिया र सन् २०१८ मा पद्द्माश्री अवार्ड ( भारत सरकारले दिने ) फिलिपिन्स क्यासिसी लगायत अवार्ड पाएका थिए ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2