मौसम बदली :तराईमा हुस्सु र कुहिरो,पश्चिम नेपालमा हिमपातसँगै वर्षा हुने सम्भावना

 माघ ०५, २०७

काठमाडौं । मौसम बदली भएको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण मौसममा बदली आएको हो ।खासगरी आज पश्चिम नेपालको सुदूरपश्चिम  र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो र राति पश्चिम नेपालका केही ठाउँमा सामान्य वर्षा हुने र उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।महाशाखाका अनुसार शुक्रबार पनि कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा हल्का वर्षा हुने अनुमान गरिएको छ ।

Public Patra Insert into Post

उच्च पहाडी र हिमाली क्षेत्रमा भने शुक्रबार र शनिबार नै हिमपात हुनेछ ।आज बिहान तराईमा भने हुस्सु र कुहिरो लागेको छ । जसका कारण तराईको जनजीवन प्रभावित भएको छ ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2